नमुना नगरपालिका समक्ष्य पेश गरेको
उजुरी
को छोरा /
छोरी / पति /
पत्नी
बस्ने
वर्ष को
उजुरीकर्ता/वादी
विरुद्ध
को छोरा / छोरी / पति / पत्नी
बस्ने वर्ष को
प्रतिवादी
विवाद :
१. म /हामी उजुरीवाला निम्न प्रकरणहरूमा लेखिए
बमोजिम उजुरी गर्दछु /गर्दछौं ।
२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा
बमोजिम यो विवाद यसै
कार्यालयको अधिकारपत्रभित्र पर्दछ ।
३. उजुरी गर्न प्रचलित कानून बमोजिम हदम्याद
भित्र रहेको छ । म निवेदकलाई निवेदन दिने हकदैया छ ।
४. प्रतिवादीका नाममा म्याद तामेल गरी पाउँ ।
५. प्रस्तूत उजुरी दर्ता गर्न कानून व्यवसायी
नियुक्त गरेको छैन । गरेको भए सोको विवरण समावेश गर्नुपर्ने ।
६. उजुरी दर्ता गर्न लाग्ने दस्तुर यसैसाथ बुझाउन
ल्याएको छु/छौँ ।
७. फिरादको दाबीलाई पुस्टि गर्ने देहायको प्रमाण
सम्बन्धि कागजातको प्रतिलिपि संग्लग्न गरेको छु/छौँ ।
८. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुट्टा
ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
उजुरीवालाको दस्तखत र सङ्गठित संस्था भए संस्थाको छाप पनि
निवेदक
दस्तखत
इति सम्वत् _______ साल _________ महिना _________ गते
_________ शुभम् ।
उजुरी(फिराद) र लिखितजवाफ(प्रतिउत्तर) पेश गर्दा ध्यान दिनुपर्ने कुराहरु
- १. वादी(उजुरीकर्ता)को नाम, थर, वतन र थाहा भएसम्म बावु-बाजेको नाम एवं सम्पर्क नम्बर
- २. प्रतिवादीको नाम, थर र थाहा भएसम्म निजको बाबु-बाजेको नाम, थर, वतन तथा सम्पर्क नम्बर
- ३. उजुरी गर्नुपरेको व्यहोराको विवरण
- ४. सम्बन्धित निर्णयकर्ताको क्षेत्राधिकारभित्रको उजुरी रहेको व्यहोरा र सम्बद्ध कानुनी व्यवस्था
- ५. वादीले दाबी गरेको विषय र सोसँग सम्बन्धित प्रमाण कागजातहरू
- ६. हकदैया र हदम्याद पुगेको कुरा
- ७. कुनै सम्पत्तिसँग सम्बन्धित विषय भएकोमा सो सम्पत्ति भए-रहेको स्थान, अवस्था तथा अचल भए चारकिल्ला सहितको पूर्ण विवरण ।
- यसको अतिरिक्त लिखतमा देहायका कुरामा समेत ध्यान दिनु पर्नेछ:
- १. तोकिएको ढाँचामा कम्प्युटर टाइप गरी वा हस्त लिखित भएमा कालो मसीले लेखेको हनुपर्ने छ ।
- २. केरमेट भएको स्थान वा ठाँउमा निवेदकले हस्ताक्षर गरी ल्याप्चे लगाएको हुनुपर्ने छ ।
- ३. पहिलो पाना बाहेकका प्रत्येक पानाको शिर र पुच्छर (माथि र तल) निवेदकको हस्ताक्षर र ल्याप्चे (कालो मसीको) हुनुपर्ने छ ।
- ४. आफ्नो विवाद सम्वद्ध प्रमाण कागजातहरु जस्तै नागरिकता प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा र विवादसँग सम्बद्ध प्रमाण कागजात पठाउनु पर्नेछ ।